नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ
काठमाडौंँ, ६ असोज । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेको छ।
सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
नवनियुक्तमध्ये शिक्षामन्त्रीमा महावीर पुन नियुक्त भएका छन्। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रालयको जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले पाएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी मदन परियारले पाएका छन् भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेल आएका छन्।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा व्यक्तित्वहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]