स्वास्थ्य मन्त्री बन्न पाइनन् डा संगीता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री कार्कीसंगै

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल बिस्तार गर्दा अरु केही मन्त्रालयसंगै स्वास्थ्य तथा जनसंख्या पनि आफैसंग राखिन् ।

प्रधानमन्त्री कार्कीले आइतबार बेलुका डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिईन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिवबाट आइतबार नै राजिनामा दिएकी मिश्राको स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरिएका कतिपय निर्णयमा अख्तियारले छानविन गरिरहेको खवरहरु सार्वजनिक भएपछि उनको सिफारिस केही घण्टा ‘होल्ड’ गरि फिर्ता लिइएको थियो

आज कोको बने मन्त्री ?

राष्ट्रपति पौडेलले सोमबार दिउसो सवा ३ बजे चार जना मन्त्रीहरुलाई मात्रै पद तथा गोपनीयताको सपथ दिलाएका थिए ।

आज नियुक्त भएका मन्त्रीहरुमा सर्बोच्चका पूर्व न्यायाधीश समेत रहेका अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यस्तै बैज्ञानिकको रुपमा कहलिएका महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै सञ्चारकर्मी जगदीश खरेललाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र डा मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *