डा संगीता मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस

308
Shares

काठमाडौँ ५ असोज। डा संगीता कौशल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुने भएकी छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डा मिश्रालाई स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिईन । मन्त्री बन्ने पक्का पक्की भएपछि उनले आजै पदबाट राजिनामा दिएकी थिईन । उनको राजिनामा आजै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेल हुने भएका छन् । यस्तै महावीर पुनको नाम पनि मन्त्रीका लागि सिफारिस भएको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *