आज विश्व अल्जाइमर दिवस मनाइँदै

4
Share

काठमाडौँँ, ५ असोज । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ ।

अल्जाइमर मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको बिर्सने समस्या हो ।

नेपालमा ५० वर्ष मूनीकामा पनि तनाव र डिप्रेशन लगायतका बिभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरुले देखाएका छन्। मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ ।

यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरूलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, मानिसलाई चिन्न नसक्ने, हिँडडुल गर्न नसक्नेजस्ता लक्षण देखिन्छ । यसलाई पूर्ण रूपमा ठिक गर्न नसके पनि नियन्त्रणमा राख्न सकिन्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुने विशेषज्ञहरु बताउँछन् ।

यो रोगको बारेमा न्यूरोपेथोलोजिष्ट अलोइस् अल्जाइमरले सन् १९०५ मा पत्ता लगाएका थिए । यो बिर्सिने रोग अर्थात् विस्मृति रोगलाई उनकै नाममा ‘अल्जाइमर रोग’ भन्न थालिएको हो ।अल्जाइमर र डिमेन्सिया भएकाको सरकारी तथा अर्धसरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ । सरकारले यो समस्या भएकालाई दुई लाख रुपैयाँसम्मको उपचार खर्च दिने गरेको छ ।

नेपालमा तीन लाख मानिसमा अल्जाइमर अर्थात् बिर्सने रोग हुनसक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा पाँच करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष एक करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *