२४ भदौको कुटपिटमा परेका काँग्रेस सभापति देउवाको गर्धन माथि १२ वटा टाँका

44
Shares

काठमाडौँ, ३ असोज । जेनजी आन्दोलनको दोस्रो दिन आफ्नै निवासमा प्रदर्शनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ टाँका लगाइएको छ ।

गर्धनमाथि गम्भीर चोट लागेका कारण १२ वटा टाँका लगाइएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्ने क्रममा भने ।

ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी जानकारी दिनु भयो बैठक पछि प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सञ्चारकर्मीलाई भने ।

उनले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको समेत उपसभापति खड्कालाई उदृत गर्दै बताए ।

‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’

उनले ‘ देउवालाई अहिले पनि उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,भन्दै स्वास्थ्यमा भने सुधार आएको जानकारी दिए ।

उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने चाहि हुनु भएको छ , स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *