जेन – जी आन्दोलन: मृत्यु हुनेको संख्या ३४ पुग्यो, घाइतेको संख्या १३६८

काठमाडौँ, २६ भदौ । जेन जी नेतृत्वको आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईले पछिल्लो विवरण सार्वजनिक गर्ने क्रममा मृत्यु हुनेको संख्या, घाईतेको संख्या र उपचाररतको संख्याको विवरण सार्वजनिक गरेको हो ।

एचईओसीका अनुसार आन्दोलनमा घाइतेको संख्या १३६८ पुगेको र तीमध्ये ३२१ जना अस्पतालमै उपचारका क्रममा रहेको उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। सिभिल अस्पतालमा मात्रै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया (अप्रेशन० गरिएको छ भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न भएका छन्।

प्रदेशका विभिन्न अस्पतालमा समेत घाइतेहरूको उपचार भइरहेका छन्। कोशी अस्पतालमा ५८ मध्ये ५७ जनालाई डिस्चार्ज गरिएको छ भने भरतपुर अस्पतालमा १४ मध्ये ११ जनाले उपचारपछि घर फर्केका छन्।

मन्त्रालयका अनुसार हालसम्म ९४९ जनालाई डिस्चार्ज गरिएको छ भने ६४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।

गत २३ भदौमा सुरु भएको जेन जी आन्दोलनमा सरकारी दमन तिब्र हुँदा १९ जनाको घाईते भएका थिए । त्यस दिन ४२६ जना घाइते भएको मन्त्रालयले जनाएको थियो ।

आन्दोलनको दोस्रो दिन विध्वान्समात्म रुप लिएपछि थप क्षति भएको हो । दोस्रो दिन मानवीय क्षतिसंगै देशमा ठूलो आर्थिक क्षति भएको छ । त्यसदिन आन्दोलनकारीसंगै प्रहरीको समेत मृत्यु भएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *