एसएमएस पठाउँदै सेनाले भन्यो, ‘स – सानो समूहमा काम गर्न सक्नुहुन्छ’

काठमाडौँ, २६ भदौ ।  नेपाली सेनाले कर्फ्युको समयमा पनि स सानो समूहमा कार्य गर्न सकिने स्पष्ट पारेको छ । सेनाले विहान मोवाइलमा एसएमएस पठाउँदै जनजीवन सहज बनाउन दैनिक उपभोग्य बस्तु व्यवस्थापनका लागि यस्तो बताएको हो ।

एसएमएसमा भनिएको छ, ‘सुरक्षा परिस्थितिको आधारमा काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा मिति २०८२ भाद्र २७ गतेको विहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको जानकारी गराउँदछौं । अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने छ । जनजिवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको विहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स-सानो समुहमा कार्य गर्न आग्रह गर्दछौं।’

जेनजीे आन्दोलनले दोस्रो दिन विध्वन्सात्मक रुप लिएपछि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले राजिनामा दिएका थिए । सोही दिन राती १० बजे देखि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो ।

त्यसयता काठमाडौँ उपत्यका सहित देशका प्रमुख सहरमा लगातार निषेधाज्ञा र कर्फ्यु लाग्दै आएको छ । यद्धपी सेनाले विहान बेलुका अवस्था सहज बनाउन केही खुकुलो बनाउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *