२४ भदौको तारोमा स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग जलाउने प्रयास सेनाले पार्यो विफल (भिडियो सहित)
काठमाडौँ, २५ भदौ । जेनजी को अगुवाईमा भएको आन्दोलन नियन्त्रण बाहिर जाँदा २४ भदौमा देशले ठूलो जनधनको क्षति बेहोर्नु परेको छ ।
अघिल्लो दिनको आन्दोलनमा सरकारी दमनबाट १९ जनाको मृत्यु भएपछि दोस्रो दिन आक्रोशित भिडले देशका महत्वपूर्ण सरकारी संरचनामाथि धावा बोल्यो । सरकारले कर्फ्यु त लगाएको थियो तर स्वतस्तफुर्त रुपमा निस्किएको जनसागरले त्यसको अबज्ञा मात्रै गरेन त्यसको आडमा विधत्वसात्मक गतिविधिको समेत भयो ।
देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार जल्यो, राष्ट्रपति कार्यालय, सर्बोचच अदालत जल्यो, संसद भवन, जिल्ला प्रशासन कार्यालय, सडक विभाग लगायतका ठूला सरकारी संरचना जले ।
सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आन्दोलनकारीको तारो बन्यो । त्यहाँ अपरान्हबाट आगलागी हुन थाल्यो । रातभरमा मन्त्रालयको मुख्य भवन पूर्ण रुपमा जलेको छ । मन्त्रालय भित्र राखिएका सबैभ सवारी साधनहरु जलेको छ ।
तर मन्त्रालय परिसरमै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भने जल्नबाट जोगिएको छ । यद्धपी सो भवनमा पनि झ्याल ढोकाहरु तोडफोड भएको छ भने सुरक्षा गार्डहरुको कोठा लुटपाट भएको बताइएको छ । त्यहाँ भित्र रहेका सबै सवारी साधनहरु जलेको अवस्था रहेको छ ।
औषधी व्यवस्था विभागमा आज विहान जलाउने प्रयास विफल
यता विजुली बजारस्थित औषधी व्यवस्था विभागमा हिजो बेलुका तोडफोड भएको थियो । आज विहान भने केही अबान्चित तत्वले आगोलगाउने प्रयास गरेको तर त्यसलाई विफल बनाइएको महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
विहान छ बजे तिर विभाग अगाडीको फल्चा निरबाट बार भत्काई विभागमा छिरेको चार पाँच जनाको समूहले आगो सल्काई सकेको भए पनि समयमै नेपाली सेनाले आगो नियन्त्रण गरेको उनले बताए ।
‘हिजो तोडफोड भएको थियो, परिसरका गाडीहरु तोडफोड र पल्टाउने काम भएको रहेछ । आज विहान ६ बजे तिर पुर्न आगो लगाउने प्रयास विफल भएको छ,’ उनले भने ।
विभाग परिसरमै रहेको राष्ट्रिय औषधी प्रयोगशालाको कार्यालयमा भने जोगिएको छ ।
जेनजी समूहले सरकार ढलिसकेको र नेतृत्वको जिम्मा आफ्नो हातमा आईसकेको भन्दै आन्दोलन फिर्ता लिइएको बताईसकेको छ । उसले तोडफोड लुटपाट र आगजनीमा उत्रने आफ्नो सदस्य नहुने भन्दै त्यस्तो कार्यमा लाग्नेलाई नियन्त्रणमा लिन र प्रशासनलाई बुझाउन समेत अपिल गरेको छ ।
सम्पर्क इमेल : [email protected]