अपडेट: एभरेष्ट अस्पतालमा तीनको मृत्यु १०० बढी घाइतेको उपचार हुँदै

8
Shares

काठमाडौँ, २३ भदौ । आज विहान ११ बजे जेन जीको अगुवाईमा माइतीघर देखि सुरु भएको शान्तिपूर्ण प्रदर्शन नयाँ बानेश्वर पुग्दा रणमैदानमा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी युवाहरु प्रहरीको सुरक्षा घेरा तोडदै अघि बढेपछि प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ ।

सो झडममा परेर अहिलेसम्म १६ जनाको मृत्यु भईसकेको छ । त्यसमध्ये नयाँ बानेश्वरकै एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको प्रवन्ध निर्देशक दीपकचन्द्र बरालले जानकारी दिए ।

उनका अनुसार सो अस्पतालमा एक सय बढी घाइतेहरु उपचारका लागि लगिएको छ । केही आईसीयूमा हुनुहुन्छ । केहीको आकस्मिक शल्यक्रिया हुँदैछ ।

केहीको सामान्य उपचार पछि घर फर्किनु भएको छ । एक सय बढीको उपचार हामीले गरेका छौँ, गरिरहेका छौँ । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *