जेनजीको आन्दोलन नयाँ बानेश्वरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

24
Shares

काठमाडौँ, २३ भदौ । जेन जीको अगुवाईमा भएको आन्दोलन हिंसात्मक बनेसंगै प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीले एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । ‘एक जनाको मृत्यु भएको छ । अस्पताल भित्र  ७०-८० जना घाइतेको उपचार भइरहेको छ । हामीले सम्हाल्न हम्मेहम्मे भएको छ,’ उनले छोटो प्रतिक्रिया दिने क्रममा भने ।

यसैबीच अस्पताल परिसरमै प्रहरीले अश्रु ग्यास चलाएको खबर आएको छ । अश्रु ग्यासले घाईते, बिरामी र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई थप समस्या पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *