जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा कर्फ्यू आदेश जारी

40
Shares

काठमाडौँ, २३ भदौ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन्।

जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमाभित्र आवत–जावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौले नयाँ बानेश्वर क्षेत्रबाहेक थप अरु चार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ । जेन जी आन्दोलनले चर्को रुप लिएपछि सिंहदरबार वरपर, नारायणहिटी संघ्रालय, उपराष्ट्रपति कार्यालय लैनचौर र राष्ट्रपति कार्यालय शितल निवास वरपर दिउसो १ बजे देखि राती दश बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *