पछिल्लो चौबिस घण्टामा ३६ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ, २२ भदौ । पछिल्लो चौबिस घण्टामा हैजाका ३६ जनामा हैजा संक्रमण पुष्टि ।भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार वीरगञ्ज, वारा र पर्सासहितका मधेस प्रदेशका जिल्लामा सो सङ्क्रमित पुष्टि भएका हुन् ।

यससँगै हाल ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भने कुल संक्रमितको संख्या १ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये निको हुनेको संख्या १ हजार ३४ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये नारायणी अस्पतालमा ४६ जना उपचाररत रहेकामा पछिल्लो चौबिस घण्टामा मात्रै २२ जना नयाँ सङ्क्रमित भर्ना भएका छन् ।

त्यसैगरी, वीरगन्ज हेल्थकेयर अस्पतालमा १० उपचाररत रहेका छन् भने ३ जना नायाँ संक्रमित भर्ना भएका छन् । तराई अस्पतालमा ४ जना उपचाररत र ५ जना नायाँ थपिएका छन् ।

त्यस्तै, एडभान्स अस्पतालमा ३ जना, नेसनल मेडिकल कलेजमा ५ जना र अन्य स्वास्थ्य संस्थाहरूमा पनि नयाँ बिरामीहरू भर्ना भएको इडीसिडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *