एमाले विधान महाधिवेशनका प्रतिनिधिलाई उच्च रक्तचाप र मधुमेहको समस्या

 

काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) को जारी दोस्रो विधान महाधिवेशनमा नेता तथा कार्यकर्ताहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले गोदावरीस्थित महाधिवेशनस्थलमा प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

अहिलेसम्म गरिएका परीक्षणले धेरै जसो प्रतिनिधिहरु उच्चरक्तचाप र मधुमेहको समस्यामा रहेको पाइएको महासंघका उपाध्यक्ष अमृता वरालले जानकारी दिइन् ।

उनका अनुसार हिजो ( २१ भदौमा ) ४५० जनाको स्वास्थ्य परीक्षण गरिएको र ती मध्ये चार जनालाई अन्य अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । “स्वास्थ्य परीक्षण गरेका धेरै जसो प्रतिनिधिमा हाइपरटेन्सन (उच्चरक्तचाप) र मधुमेहका विरामी देखिएका छन,” उनले भनिन् “ परीक्षणका क्रममा २८८ जना प्रतिनिधिलाई औषधी खान सिफारिस गरेका छौ ।”

उनले पहिलो दिन (२० भदौमा) १५१ जना प्रतिनिधिले सेवा लिएको बताईन । ती मध्ये दुई जनालाई पाटन अस्पताल र वीर अस्पताल रिफर गरिएको जानकारी दिईन । ती प्रतिनिधिलाई पनि उच्चरक्तचाप र मधुमेह देखिएकोले थप उपचारका लागि अस्पताल रिफर गरिएको हो ।

महाधिवेशनस्थलमा महासंघको टोलीले शिविर नै राखेर परीक्षण गरिरहेको महासंघका महासचिव भीमराज सिंहले जानकारी दिए । उनका अनुसार प्रतिनिधिका उच्चरक्तचाप परीक्षण, मधुमेह, दन्त परीक्षण लगायतका परीक्षण गरिएको छ ।

उनले जनरल, दन्त, प्रयोगशाला, औषधि लगायत सेवा प्रदान गरिरहेको बताए । यस्तै आतकालिन सेवाका लागि दुई वटा एम्वुलेन्स समेत राखिएको छ ।

महासंघका चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मीको समूह विहान ८ देखि वेलुका पाँच बजेसम्म शिविर संचालन गरिरहेको छ । महाधिवेशनमा ११६ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *