पर्सामा हैजा संक्रमितको संख्या १९० पुग्यो

28
Shares

काठमाडौँ, १७ भदौ । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १ सय ९० जना हैजा सङ्क्रमितमध्ये हालसम्म १ सय ७४ जना निको भएका छन् ।

हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *