डा. गोविन्द केसीले तोडे अनशन

208
Shares

काठमाडौँ, १७ भदौ  । डा. गोविन्द केसीले अनशन तोडेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार २३ औँ अनशन तोडेका हुन्।

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।

डा केसीले निजी मेडिकल कलेजहरुलाई एमबीबीएस र बीडीएस सिट बढाउने निर्णय फिर्ता लिईनु पर्ने, विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ती सम्वन्धी एकीकृत मापदण्ड सम्वन्धी ऐन पारित गर्नु पर्ने, लिपुलेक लगायतका भारतबाट अतिक्रमित जग्गा फिर्ता हुनुपर्ने, गाजा र युक्रेन लगायतका देशमा भएका नरसंहारकारी युद्ध रोकिनुपर्ने लगायतका मागहरु राखेर अनसन थालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *