भारतमा बसेर नेपालीको मिर्गौला तस्करी गर्ने दुई जना पक्राउ

12
Shares

काठमाडौँ, १६ भदौ । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारती वीरगञ्जको पर्साबाट नियन्त्रणमा लिइएको दाबी गरे ।

पंगेनीका अनुसार उनीहरू लामो समयदेखि भारतको दिल्लीमा बसेर नेपालीहरुको मिर्गौला तस्करीमा संलग्न थिए ।

पक्राउ परेका भण्डारी मिर्गौला तस्करीमा पक्राउ परेका अहिलेसम्मकै ठूला नाइके भएको भएको र उनको समूहले नेपालबाट मात्रै सयभन्दा धेरै नेपालीको भारतका विभिन्न सहरमा मिर्गौला बेचेको तथ्य नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोको टोलीले भण्डारीलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ । उनीसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– २ का २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् ।

उनी गिरोहका भण्डारीपछिका मुख्य नाइके हुन् । गत १९ साउनमा पक्राउ परेका काभ्रेको पाँचखाल नगरपालिका– १० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोटको बेलकोटगढी नगरपालिका– ९ का २४ वर्षीय समीर नेपाली र वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली पनि भण्डारीकै समूहका सदस्य हुन् ।

उनीहरू लामो सयमदेखि नयाँ दिल्ली स्थित लाजपतमा बसेर मिर्गौला तस्करी गर्दै आएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । भण्डारीले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेका छन् ।

एसएसपी पंगेनीले अभियुक्त भण्डारी विगत सात वर्षदेखि भारतको नयाँदिल्लीमा बसी नेपाली नागरिकको मिर्गौला बेच्दै आएको भन्दै २५ जनाभन्दा धेरै नेपालीको मिर्गौला बेचेको तथ्य उनले प्रहरीको बयानमै स्वीकार गरेको उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *