वीरगञ्जमा एकैदिन थपिए एक सय ६ जना हैजा संक्रमित, संक्रमितको संख्या पाँच सय नाघ्यो

8
Shares

काठमाडौँ, १२ भदौ । वीरगञ्जमा बुधबार एकैदिन एक सय ६ जना नयाँ हैजा संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या पाँच सय २८ पुगेको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।

नारायणी अस्पतालमा १ सय ५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४/४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।

वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ।

यसअघि पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *