वीरगञ्जमा हैजाको प्रकोप : १४४ जना अस्पतालमा भर्ना, ३२ जनामा हैजा पुष्टि

112
Shares

पर्सा ७ भदौ । वीरगञ्जमा हैजाको प्रकोप फैलिएको छ । जनस्वास्थ्य कार्यालय पर्साले अहिलेसम्म ३२ जनामा हैजा पुष्टि भईसकेको बताएको छ ।

यद्धपी १४४ जना संकास्पद बिरामी जिल्लाका विभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गरिएको र त्यसमा ९ जनाको आईसीयूमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जैमद ठाकुरले बताए ।

वीरगञ्ज १२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका हुन् । झाडा पखलाका बिरामीहरु गत २८ साउन देखि नै फाटफुट रुपमा देखिए पनि हैजा पुष्टी भएको भने गत बिहीबार हो । गत मंगलबार देखि अलि बढी देखियो । आजसम्म केसहरु थपिदै गएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोज न्यौपानेले निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक गरेको बताए । उनले नियन्त्रणका लागि सबै उपाय अवलम्बन गरिएको बताए । सचेतनाका कामहरु, रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालनका कामहरु तिब्रताका साथ अघि बढेको छ,’ उनले भने, ‘तर केशहरु पनि थपिईरहेको छ ।’

स्वास्थ्य कार्यालयका अनुसार गत मंगलबार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए ।

ठाकुरका अनुसार सबैभन्दा बढी तराई अस्पतालमा बिरामी आएका छन् ।

यस्तै नारायणी अस्पतालमा पनि बिरामी भरिभराउ छन् । अस्पतालका निर्देशक डा चुमनलाल दासले आज विहान एकैपटक ३३ जना झाडापखलाका बिरामी आएको बताए । आकस्मिक कक्षमा भरिभराउ भयो, एकछिन त व्यवस्थापन गर्न नै मुस्किल परेको थियो । तर अहिले सम्हालिएको छ । उनले ३३ मध्ये ५ जनामा पोजेटिभ पुष्टी भएको र अरुको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताए ।

उता नेशनल मेडिकल कलेज वीरगञ्जमा पनि ६ जना बिरामीमा हैजा पुष्टि भएको छ । अस्पतालका माइक्रोबाइलोजिष्ट डा प्रभाकरराज पाण्डेले धेरै बिरामीमा हैजाको जिवाणु भेटिएको बताए ।

यसअघि एकैपटक धेरैको संख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो ।

मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

उता स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले १० वर्षपछि वीरगञ्जमा हैजा देखिएको बताए ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले पनि संक्रमण थप फैलन नदिन सबैले आवश्यक सतर्कता अपनाउनु पर्ने भन्दै पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *