जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

24
Shares

 

काठमाडौँ, ३ भदौ । चितवनमा जापानीज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफलाइटिसका लक्षण हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *