भारतको एपोलो अस्पतालद्धारा ग्यास्ट्रोइन्टेरोलोजी र न्युरोलोजी उपचारमा भएका विकास र प्रविधिबारे जानकारी

28
Shares

काठमाडौँ, १ भदौ । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजी र न्युरोलोजी उपचारमा आफूकहाँ भएका भएका नयाँ विकास तथा प्रविधिको विषयबारे जानकारी दिएको छ ।

काठमाडौँ आएका अस्पतालका बरिष्ठ चिकित्सकहरुले शनिबार पत्रकार सम्मेलन गरी नयाँ विकास तथा प्रविधिबारेमा जानकारी दिएका हुन् ।

त्यसो त  स्वास्थ्य उपचारका लागि नेपालबाट बर्षेनी हजारौँ बिरामीहरु भारतका विभिन्न अस्पतालमा जाने गरेका छन् । त्यसैले भारतका अस्पतालहरुले पनि आफ्ना उपचार सेवा तथा नयाँ प्रविधिबारेमा नेपालमा आई नियमित रुपमा जानकारी दिने गरेका छन् ।

शनिबारको पत्रकार सम्मेलनमा सिनियर कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट एण्ड हेपाटोलोजिष्ट डा सञ्जय सिक्काले ग्यास्ट्रोइन्टेरोलोजी, कलेजो र प्याट्रियाटिक रोगहरुको बारेमा विस्तृत रुपमा बताएकाथिए । अर्का चिकित्सक न्युरोलोजीका सिनियर कन्सलटेन्ट डा पीएन रेन्जेनले न्युरोलोजिकल डिसअडरको उपचारमा पछिल्लो पटक अपनाईएको शैली, भित्रिएका उपकरण र उपचार तरिकाबारे बिस्तृत रुपमा बताएका थिए ।

उनीहरुले पछिल्ला वर्षहरुमा एपोलो अस्पतालले पाचन, हेपाटोबिलियरी हेरचाहमा प्राप्त विश्वास, नविनता र उत्कृष्ट बेच्नमार्कहरुको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै डा. सिक्काले भने, ‘हामी एकदमै सटिक निदान र कारण पत्ता लगाउने उपचारमा केन्द्रीत छौँ । बिरामीलाई छिटो निको पार्नका लागि हामी एकदमै उच्च उपचारात्मक इन्डोस्कोपी र बिरामीको हेरचाहका लागि नवीनतम विधि अपनाइरहेका छौँ ।’

अर्का डाक्टर रेन्जेनले न्युरोलोजी सेवाबारेमा चर्चा गर्दै अस्पतालले न्युरोलोजीको निदान र उपचारमा विकास गरेका क्षमता र न्युरोलोजीका बृहत क्षेत्रहरुको बारेमा बताएका थिए । उनले यदि समयमै र नयाँ प्रविधिका साथ उपचार गर्ने हो भने बिरामीको निको हुने दर र गुणस्तरीय जीवन जिउने कुरामा उल्लेख्य सुधार आउने छ ।

उनले अस्पतालमा रहेको इन्स्टिच्युट अफ न्युरोसाइन्सेज स्ट्रोक, टाउको दुखाई, मिर्गी, कोमा, न्युरोप्याथी, मल्टिपल स्क्लेरोसिस, मायोप्याथी, पार्किन्सन्स, मायास्थोनिया ग्रेभिस, टाउकोमा चोटपटक, ट्युमर, स्पाइनल डिसअर्डरबारेमा उपचार गर्न तयार रहेको बताए ।

सन १९८३ मा भारतमा आधुनिक स्वास्थ्य सेवाको रुपमा स्थापना भएको एपोलो अस्पताल अहिले आफ्ना शाखा मार्फत भारतभर फैलिएको छ ।

जसमा २०० बढी शीर्ष ग्यास्ट्रोइन्टेरोलोजिष्ट र जीआई सर्जनहरु, अत्याधुनिक इन्डोस्कोपी तथा शल्यक्रिया सुविधाहरु उपलव्ध भएको र विश्वभरका बिरामीहरुको उपचारका लागि सक्षम रहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *