स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, २०० बढी लाभान्वित
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी–५, नयाँमिलमा बुधबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बीएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा नि:शुल्क शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
उक्त शिविरमा शिविरमा गाउँपालिका र आसपास क्षेत्रमा रहेका २०० बढी स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको फाउण्डेशनका संस्थापक एवं रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले बताए ।
स्थानीय ज्येष्ठ नागरिक दिल बहादुर नेपालीको स्वास्थ्य परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो ।
जीएमसी अस्पताल पोखराबाट गएको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा हाड जोर्नी, उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै थिए। थप उपचार आवश्यक भएका बिरामीलाई जीएमसी अस्पताल पोखरा रिफर गरिएको छ ।
कार्यक्रमको सहआयोजकमा रोटरी क्लव अफ काठमाडौँ नर्थ, रोटरी न्यातपोल, रोटरी क्लब अफ ग्रीनल्यान्ड काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ डाउन, रोटरी क्लब अफ ठमेल काठमाडौँ र जीएमसी अस्पताल पोखरा रहेका थिए।
सम्पर्क इमेल : [email protected]