चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस, बीडीएस, डीएम/एमसीएचको सिट बृद्धि (सूचीसहित)

864
Shares

काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, डीएम र एमसीएचमा सिट संख्या बढाउने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको २१ औँ बैठकले मेडिकल कलेजहरुलाई विभिन्न विषयको सिट बढाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार एमबीबीएस र बीडीएसको सिट अधिकतम क्रमश १३० र ६० पुरयाइएको छ भने बढेका सिटहरु निजी मेडिकल कलेजहरुको मात्रै छ । सरकारी मेडिकल कलेजहरुको भने यथावत रहेको छ ।

सिट बढेका कलेजहरुमा एमबीबीएस तर्फ १३० सिट पाउनेमा बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर, नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौँ, काठमाडौँ युनिभर्सिटी अफ मेडिकल साइन्सेज धुलिखेल रहेका छन् । यसअघि यी कलेजहरुको सिट १०० थियो ।

यस्तै किष्ट मेडिकल कलेज ग्वार्को काठमाडौँ, गण्डकी मेडिकल कलेज पोखरा, नेशनल मेडिकल कलेज वीरगञ्ज, मणिपाल मेडिकल कलेज पोखरा, लुम्बिनी मेडिकल कलेज पाल्पालाई १२० सिट दिईएको छ । यस्तै देवदह मेडिकल कलेजले ९० सिट पाएको छ । जानकी मेडिकल कलेज र बीएण्डसी मेडिकल कलेजले समान ६० सिट पाएको छ ।

बीडीएसतर्फ कान्तिपुर डेन्टल कलेज र पिपल्स डेन्टल कलेजको समान ६० पुगेको छ । अरुको ५०, ४० र ३० रहेको छ।

आयोगले कलेजहरुलाई जनशक्ति पूर्वाधार, बिरामी लगायतका विभिन्न आधार तय गरी ए, बी, सी, डी, ई क्याटोगोरीमा बाढेर सिट निर्धारण गरेको हो ।

अन्य सरकारी तथा प्रतिष्ठान को स्रोत सुनिश्चित भएपछि मात्रै बढ्ने बताइएको छ।

यस्तै बैठकले डीएमएमसीएचमा पनि सिट बढाएको छ । स्रोतका अनुसार डीएम एमसीएचमा निजी मेडिकल कलेजहरुको सिट ३० प्रतिशतले बढेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *