३० वर्षका महिलाले यी चिज खाँदा हुन्छन् फाइदै फाइदा

16
Shares

३० वर्ष पुगेपछि महिलामा बिभिन्न हर्मोनहरु परिवर्तन हुने भएकाले स्वास्थ्यमा बिभिन्न किसिमका समस्याहरु देखिन सक्छन् । त्यसैले शरीरलाई स्वस्थ बनाइराख्नको लागि यी खानेकुरालाई समावेश गर्न सकिन्छ ।

 आलस

आलसमा लिग्नान्स नामक तत्व हुन्छ । जसले ब्रेस्ट क्यान्सर हुनबाट बचाउन मद्दत गर्छ । यसका अलावा महिनावारीलाई नियमित राख्न र हर्मोनलाई सन्तुलन राख्नमा मद्दत गर्छ ।

  अनार

अनारमा एलाजिक एसिड हुन्छ । जसले पाठेघरलाई स्वस्थ राख्न मद्दत गर्छ । अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।

  अमला

अमला भिटामिन सीको सर्वोत्तम स्रोत हो । यसले मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ । यसले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ

  पुदिना

पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । महिनावारीका बेला महिलालाई थकाई महसुस हुन्छ यसको सेवने थकाइ कम गर्न मद्दत गर्छ ।

 चिया सीड्स

चिया सीड्समा ओमेगा ३ फैटी एसिड्स र फाइबर हुन्छ जसले धेरै रोगहरूबाट टाढा राख्न मद्दत गर्दछ। यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र तौल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसमा भिटामिन बी, जिंक, आइरन र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ। यी सबैले ऊर्जा बढाउन मद्दत गर्दछ।

  तिल

तिलमा भरपुर मात्रामा क्याल्सियम हुन्छ । अझ सेतो तिल त क्याल्सियमको भन्डार नै हो । यसको सेवन गर्दा हड्डीसम्बन्धी सबै समस्याहरु हटेर जान्छ । यसले हाडलाई बलियो पनि बनाउँछ । यसको सेवनले शरीरको थकावट र कमजोरी पनि भाग्छ । तिलमा फ्याटी एसिड हुन्छ । यसले महिनावारीलाई नियमित बनाउँछ । दिनहुँ तिलको सेवनले छालामा बुढ्यौली पनि कम गर्छ ।

साथै प्रशस्त मात्रामा पानीको सेवन र अन्य ताजा फलफूलहरु पनि खानु पर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *