काम गर्ने क्रममा लाग्ने रोगलाई दिइयो कानूनी मान्यता, मजदुर देखि चिकित्सकसम्म प्रभावित थिए
काठमाडौँ, २७ साउन । सरकारले काम गर्ने क्रममा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को रुपमा कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूमा रासायनिक एजेन्टहरूको कारण हुने रोगहरू, भौतिक एजेन्टहरूको कारण हुने रोगहरू, जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरू रहेका छन् ।
यो निर्णयले फ्याक्ट्रीमा काम गर्ने मजदुर देखि अस्पतालमा काम गर्ने चिकित्सक सम्मलाई सम्वोधन गरेको छ ।
कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको हो ।
यसबाट लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।
जसमा क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन र अन्य फार्मास्युटिकल एजेन्टहरूबाट हुने रोगहरू रहेका छन् ।
यस्तै अस्पतालमा उपचारका क्रममा चिकित्सकहरुलाई लाग्न सक्ने एचआईभी, हेपाटाइटिस जस्ता रोगहरु पनि राखिएको छ ।
हेर्नुहोस सूचीकृत गरिएको रोगहरु र कार्यस्थल (राजपत्रमा)
सम्पर्क इमेल : [email protected]