चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा आवेदन हालेका २४ जना अल्प सूचीमा, को-को परे ?
काठमाडौँ, २० साउन । चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन हालेका मध्येबाट अल्पसूची सार्वजनिक भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन दिएका कुल ५५ मध्ये २४ जनलाई अल्पसूचीमा राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्बजनिक गरेको सूचीमा हरेक प्रतिष्ठानबाट छ छ जनालाई अल्पसूचीमा राखिएको छ । उनीहरुले अब कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ता दिनु पर्नेछ ।
अल्पसूचीमा परेका आवेदकहरुको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २२ र २३ गते तोकिएको छ । जसमा पाटनको २२ गते बिहान ९ बजे र पोखराको दिउँसो २ बजे अन्तर्वार्ता समय तोकिएको छ ।
यस्तै कर्णालीको २३ गते बिहान ९ बजे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिउँसो २ बजे अन्तर्वार्ता हुँदैछ ।
प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा प्रत्येक प्रतिष्ठानबाट तीन तीन जनाको नाम नियुक्तीका लागि सिफारिस हुनेछ ।
हेर्नुहोस सूची:
सम्पर्क इमेल : [email protected]