नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्वाचित

292
Shares

काठमाडौँ, १९ साउन । नेपाल औषधी उत्पादक संघको अध्यक्ष पदमा विप्लव अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेद्धारी दिएका उनका प्रतिस्पर्धी दीपक दाहालले उम्मेद्धारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष बन्ने बाटो खुलेको हो ।

त्यसअघि दाहालले उठाएका मुद्धालाई अधिकारीले समेटेर अघि बढ्ने गरी सहमति भएको थियो ।
अध्यक्षमा निर्वाचित अधिकारी एपोनका पूर्व महासचिव हुन् । अघिल्लो पटक अध्यक्ष पदमै उठेर पराजित बनेका उनी यसपटक भने सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

यता उम्मेद्धारी फिर्ता लिएका दाहाल एपोनमा एक कार्यकाल अध्यक्ष भई सकेका व्यक्ति हुन् ।

यसपटक देखि अध्यक्ष, निवर्तमान अध्यक्ष सहित सात जना पदाधिकारी र छ जना सदस्य सहित कुल १३ जनाको कार्यसमिति रहने छ । हिजो उम्मेद्धारी दिने समयमा १२ पदका लागि कुल १७ जनाको उम्मेद्धारी परेको थियो । त्यसमा दाहालको उम्मेद्धारी फिर्ता पछि अब कुल ११ पदका लागि१५ जनाको उम्मेद्धारी छ । त्यसमा पनि सहमतिको प्रयास भईरहेको छ ।

अध्यक्षमा सर्वसम्मत रुपमा चुनिएका अधिकारीले सदस्य पदमा पनि सहमति गरेर अघि बढ्ने प्रयास भईरहेको बताए ।

साधारणसभा भईरहेको स्थान गैरीधारास्थि एलिस रिसेप्सनमा अहिले सदस्यहरुलाई सहमतिका लागि उम्मेद्धारी फिर्ता लिनका लागि बैठक बसिरहेको छ । अहिले हामी बैठकमै छौँ । एक जना सदस्यले भने सहमतिको प्रयास भईरहेको छ ।

एपोनको विधानमा अध्यक्ष बाहेक बाँकी पदाधिकारीका लागि पहिले सदस्य पदमा निर्वाचित भएर आउनु पर्छ ।

सदस्यमा निर्वाचित उम्मेद्धारलाई अध्यक्षले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको जिम्मेवारी दिने छन् ।

बाँकी छ पद भने सदस्य नै रहने छन् ।

सदस्यहरुमा उम्मेद्धारी दिनेहरु को – को ?

निर्वाचन समितिका अनुसार सदस्यहरुमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश र नवराज पौडेलको उम्मेद्धारी परेको छ । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले पनि सदस्य पदमा उम्मेद्धारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *