यी हुन् एपोनको नेतृत्व छान्न मताधिकार भएका ६४ वटा संस्थाहरु

36
Shares

काठमाडौँ, १९ साउन । नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१ औँ बार्षिक साधारण सभा आज हुँदैछ । काठमाडौँमा हुने सो साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति छनौट हुने छ ।

अध्यक्षसहितको सात पदाधिकारी र छ सदस्य सहित कुल १३ सदस्यीय कार्यसमितिका लागि अध्यक्षमा दुई सहित १७ जनाको उम्मेद्धारी परेको छ ।

एपोनको नेतृत्वमा को ? अध्यक्षमा दुईसहित १७ जनाको पर्‍यो उम्मेद्धारी

निर्वाचन समितिका अनुसार यसपटक मतदानमा भाग लिनका लागि ६४ वटा संस्था योग्य छन् ।

आज ११ बजेसम्म सहमति हुन नसके दिउसो १ बजेबाट मतदान प्रक्रिया अघि बढाउने निर्वाचन समितिको योजना रहेको छ ।

मतदान प्रक्रियामा ती ६४ वटा संस्थाबाट प्रतिनिधित्व गरेर आउने व्यक्तिले सहभागी हुन पाउँछ ।

हेर्नुहोस् एपोनको मताधिकारसहितको सदस्य संस्थाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *