एपोनको नेतृत्वमा को ? अध्यक्षमा दुईसहित १७ जनाको पर्‍यो उम्मेद्धारी

108
Shares

काठमाडौँ, १८ साउन ।  नेपाल औषधी उत्पादक संघ (एपोन)को नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा २ जना सहित कुल १७ जनाको उम्मेद्धारी परेको छ । सोमबार (भोली) हुने ३१ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्दैछ ।

निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार निर्वाचनका लागि अध्यक्ष पदमा विप्लभ अधिकारी र दीपक दाहालको उम्मेद्धारी परेको छ । अधिकारी एपोनका पूर्व महासचिव हुन भने दाहाल पूर्व अध्यक्ष हुन् ।

सदस्यहरुमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश र नवराज पौडेलको उम्मेद्धारी परेको छ । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले पनि सदस्य पदमा उम्मेद्धारी दिएका छन् ।

एपोनको विधानमा अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद गरी ७ वटा पद पदाधिकारी रहेको छ । यस्तै छ वटा पद सदस्यको रहेको छ ।

एपोनले यसैपटक विधान संसोधन मार्फत सचिव र एक सदस्य पद थप गरी १३ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको हो ।
अध्यक्ष निर्वाचित व्यक्तिले निर्वाचित सदस्यमध्येबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष महासचिव, सचिव र कोषाध्यक्षको छनौट गर्ने र बाकी छ जना सदस्य हुने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार यसपटक मताधिकार सहितको सदस्य संख्या ६४ रहेको छ ।

कुल १३ पद रहे पनि आज १७ जनाले उम्मेद्धारी दिएका छन् । उम्मेद्धारी फिर्ता लिन चाहनेका लागि सोमबार (भोलि) विहान ११ बजेसम्मको समायवधी तोकिएको छ । त्यसमा सहमति हुन नसके मतदानबाट टुंगो लाग्ने बताइएको छ ।

एपोनका अधिकारीहरुले सकेसम्म सहमतिको प्रयास गरिने नभए निर्वाचनमा जाने मनस्थितिमा रहेका छन् । ‘अझै पनि १२-१३ घण्टाको समय छ । हामी प्रयास गर्दै छौँ,’ एक जना पूर्व पदाधिकारीले भने ।

यसअघि एपोनको २९ औँ वार्षिक साधारण सभाबाट दुई वर्षे कार्यकालका २६ असोज २०८० मा निर्वाचित महेश प्रधान नेतृत्वको टीमले आफ्नो अवधी समाप्त हुने मिति भन्दा नौ साता (दुई महिना ७ दिन) अगावै बार्षिक साधारण सभा बोलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *