भारतमा भेटियो दुर्लभ रक्त समूह, नाम राखियो सीआरआईबी

60
Shares

काठमाडौँ, २८ साउन । तपाईँले ‘ए’ ‘बी’ ‘ओ’ र ‘आरएच’ जस्ता रक्तसमूहको बारेमा त सुन्नु भएकै होला । यी बाहेक केही दुर्लभ रक्तसमूहहरु पनि छन् ।

यस बाहेक अव नयाँ रक्त समूह पनि फेला परेको छ ।

भारतमा फेला परेको सो रक्त समूहलाई ‘सीआरआईबी’ नाम दिइएको छ ।

सीआरआईबीमा ‘सी’ को अर्थ क्रोमर हो जो कुल ४७ लाख रक्त समूहमध्ये एक हो । ]

‘आई’को अर्थ भारत हो ।

‘बी’को अर्थ बेंगलुरु हो ।

साधारण शब्दमा भन्नु पर्दा यो एक रक्त समूह हो जो बेङलुरु नजिकै एक महिलामा फेला परेको थियो ।

यो रक्त समूह यति दुर्लभ छ कि यी ३८ वर्षीया महिलाको मुटुको शल्यक्रियाको क्रममा एक वा दुई युनिट पहिले नै तयार गरी राख्ने प्रक्रिया पालना गर्न पनि सकेनन् । किनभने विशेषज्ञहरुले ती महिलाको रक्त समूह पहिचान गर्न नै सकेनन् ।

यो घटनाको ११ महिना पछि रोटरी टीटीके ब्लड सेन्टर बेङ्लुरका अतिरिक्त मेडिकल डाइरेक्टर डा. अंकित माथुरले शल्यक्रियाको दिन सम्झदै राहतको सास फेर्न पाएका छन् । यो शल्यक्रिया कुनै पनि अतिरिक्त रगत विना सफलतापूर्वक सम्पन्न भयो ।

अन्य रक्त समूह भन्दा फरक
डा माथुरका अनुसार महिलाको रक्त समूह अन्य कुनै समूहसंग मेल खाँदैनथ्यो । हामीले यसलाई अन्य रक्तसमूहसंग मिसाएर परीक्षण गरौँ तर यसले हरेक पटक प्रतिक्रिया दिईरहेको थियो । हामीले ती महिलाको परिवारका २० जना सदस्यहरुको पनि रगतको नमूना लियौँ तर कसैको पनि रगत समूहसंग मेल खाएन ।

‘त्यसपछि मात्रै नमूना बेलायतको ब्रिस्टलमा रहेको अन्तराष्ट्रिय रक्त समूह छुट्याउने प्रयोशालामा पठायौँ,’ डा. माथुरले अगाडी थपे, ‘उनीहरुलाई पनि यसको विश्लेषण गर्न १० महिना लाग्यो । गत फेब्रअरी मार्चमा उनीहरुले सो रगतमा एक अद्धितीय एन्टीजेन भएको जवाफ पठाए । त्यसपछि यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनलाई पठाइयो । त्यहाँबाट मात्रै सीआरआईबी नामलाई अनुमोदन भयो ।’

– बीबीसी हिन्दीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *