निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्यसमितिद्धारा चण्डोलमा स्वास्थ्य शिविरको आयोजना

32
Shares

काठमाडौँ, १७ साउन । नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति र विशाल मिलन केन्द्रको संयुक्त तत्वावधानमा शनिबार काठमाडौँको चण्डोलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

चण्डोल स्थित विशाल मिलन केन्द्रको कार्यलय परिसरमा भएको उक्त शिविरमा २०० बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा हाडजोर्नी तथा छाला रोग, बाल रोग, सरुवा रोगका विशेषज्ञ समेत खटिएका थिए ।

उक्त शिविरको उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल पुगेका थिए । सो क्रममा बोल्दै मन्त्री पौडेलले भने, ‘सरकार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध छ । नागरिकले सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा पाउनु पर्छ । यसका लागि हामी सबै एक जुट हुनुपर्छ ।’

शिविरमा प्राविधिक सहयोग टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको थियो ।

यस्तै स्वास्थ्य सेवा विभागका र त्यस अन्तर्गतका विभिन्न शाखा महाशाखामा कार्यरत युनियनका सदस्य तथा पदाधिकारीको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *