स्वास्थ्य विभागद्धारा गत आर्थिक वर्षमा दुई अर्ब बढीको मेसिन तथा उपकरण हस्तान्तरण

268
Shares

काठमाडौँ, १५ साउन ।  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब १ करोड ९१ लाख ८६ हजार ८४ रुपैयाँको बराबरको मेसिन उपकरण तथा औजारहरु सरकारी स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको जनाएको छ ।

संघीय, प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालाई सामग्री वितरण गर्न आज आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा पवनजंङ्ग रायमाझीले सो जानकारी दिएका हुन् । कुल १४ हजार ६१ वटा सामग्री वितरण भएछ ।

त्यसमध्ये सबैभन्दा संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख रुपैयाँ, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री वितरण भएको छ ।

सबैभन्दा कम भने सामुदायिक स्वास्थ्य केन्द्रमा रहेको छ त्यहाँ जमम ९१ हजारको सामग्री वितरण गरिएको छ ।

त्यसो त स्वास्थ्यका सामग्री खरीदका लागि आर्थिक वर्ष २०८१ /०८२ मा १ अर्व मात्रै विनियोजन भएको थियो ।

निर्देशक डा. रायमाझीले अघिल्ला आर्थिक बर्षमा खरीद गरी गोदाममा रहेका सामग्री सहित २ अर्व एक करोडको सामग्री वितरण भएको स्पष्ट पारे ।

विभागले खरीदका लागि लक्षित क्षेत्रहरु भनि शल्यक्रिया अन्तर्गत मुटु सम्वन्धी, युरोलोजी सम्वन्धी, जेनरल शल्यक्रिया विस्तार, दन्त चिकित्सा सेवा विस्तार, प्रयोगशालाको क्षमता विस्तार र एएमआरको लागि आधुनिक माइक्रोबायोलोजी सेटअपमा केन्द्रीत रहेको जनाएको छ । यस्तै क्षयरोग स्क्रिनिङ, पेट सम्वन्धी रोगको पहिचान र उपचारका लागि पनि सामग्रीहरु खरीद र वितरण भएको जनाएको छ ।

महाशाखाले फोर के थ्रीडी ल्याप्रोस्कोप, सीआर्म, कार्डियो टोपोग्राफी, इलेक्ट्रो सर्जरी, फिजियोथेरापी, एफएफआर लगायतका सामग्रीहरु खरीद गर्न नसकिएको बताएको छ ।

यसैबीच स्वास्थ्य सेवा विभागले गतवर्ष खरीद भई वितरण हुन बाँकी सामग्रीहरुलाई बिहीबार एक कार्यक्रम गरी वितरण गरेको छ । विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटीको अध्यक्षतामा सामग्री हस्तान्तरण समारोहको आयोजना गरी स्वास्थ्य संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुलाई बोलाई सामग्री हस्तान्तरण भएको छ ।

सो अवसरमा बोल्दै महानिर्देशक डा बाराकोटीले प्राप्त भएका मेसिन तथा सामग्रीहरुको उच्चतम प्रयोग तथा सदुपयोग गर्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।

उनले ठूलो खर्च गरेर राज्यले आम नागरिकका लागि मेसिन खरीद गरेकोले त्यसको सदुपयक गर्नु पनि संस्थाका प्रतिनिधिहरुको दायित्व भएको सम्झाए ।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा प्रमुखहरुले आफ्ना धारणा राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *