खिर खाने दिनमा नेविसंघ विश्व भाषा क्याम्पसद्धारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौँ, १५ बैशाख । खिर खाने दिन (१५ साउन)को अवसर पारेर नेवि संघ विश्व भाषा क्याम्पस इकाई कार्यसमितिले आज रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
क्याम्पस परिसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुलाई नेपाली कांग्रेसका बरिष्ठ नेता शशांक कोइरालाले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै कोइरालालेृ मानवीय सेवा भावमा लागेर बिरामीको ज्यान बचाउने कार्य गरेको भन्दै प्रशंसा गरे ।
उनले रक्तदान सहभागी विद्यार्थीहरुले साच्चिकै महान काम गरेको समेत बताए ।
कार्यक्रममा सहभागीहरुलाई खिर खाने व्यवस्था समेत गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]