क्यान्सर इम्युनोथेरापी उपचारमा स्पेशल कोर्ष पुरा गर्ने पहिलो नेपाली डाक्टर बने शाही

काठमाडौँ, १३ साउन । पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा स्पेशल कोर्ष पुरा गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् ।

अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी)को कोर्ष डा शाहीले गतवर्ष सफलतापूर्वक सम्पन्न गरेका थिए । एसआईटीसीले उनलाई एसआईटीसी जी सर्टिफिकेट प्रदान गरेको छ ।

यो सर्टिफिकेट पाउने डा शाही पहिलो नेपाली चिकित्सक हुन् ।

एसआईटीसीले डा शाहीको यो उपलब्धिले नेपालमा इम्युनोथेरापीजस्तो अत्याधुनिक क्यान्सर उपचार विधि ल्याउने दिशामा ठूलो फड्को मार्ने विश्वास लिएको बताएको छ ।

 

इम्युनोथेरापीको महत्त्व र जिमी कार्टरको सफलता कथा

क्यान्सर उपचारको आधुनिक विधिमा इम्युनोथेरापी एक क्रान्तिकारी पाटो बनेको छ। यो उपचारले बिरामीको आफ्नै रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाई क्यान्सर सेल्स विरुद्ध लड्न मद्दत गर्छ।

किमोथेरापी वा रेडियोथेरापी जस्ता पारम्परिक विधिहरूसँग तुलना गर्दा, इम्युनोथेरापीले दीर्घकालीन प्रभाव र कम साइड इफेक्ट दिन सक्छ।

यसको प्रभावकारिताको एक प्रेरणादायी उदाहरण हुन्,  पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर।

सन् २०१५ मा उनलाई मस्तिष्कमा फैलिएको मेलनमा (Melanoma) भन्ने घातक क्यान्सर भएको थियो।

पारम्परिक उपचारसँगै उनलाई इम्युनोथेरापी औषधि (Pembrolizumab) दिइयो।

उनको शरीरले क्यान्सरसँग लड्ने शक्ति जुटायो, र केही महिनामै उनको शरीरबाट क्यान्सरको नामोनिशान हरायो।

९० वर्ष पार गरिसकेका कार्टरको यो सफलता कथाले इम्युनोथेरापीले उमेर, अवस्था वा रोगको स्तर हेर्नु पर्दैन भन्ने देखाएको छ।

क्यान्सरको उपचारमा आशा र नयाँ सम्भावनाको ढोका खोल्ने इम्युनोथेरापी अब नेपालमा पनि विस्तार हुँदैछ।

उपयुक्त विरामीको छनौट, समयमै उपचार र अनुभवी चिकित्सकको मार्गदर्शनले इम्युनोथेरापीबाट जीवनमा फेरि उज्यालो ल्याउन सकिने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *