स्वस्थ रगत सबैका लागि
जबसम्म आफ्नो शरीरको रगत स्वच्छ र स्वस्थ राख्न सकिन्न तबसम्म सुरक्षित तवरले रगत दान गर्न सकिन्न । त्यसैले रक्तदान गर्न पहिले आफू अर्थात रक्तदाता पूर्णत: निरोगी हुनु पर्दछ । किनभने तपाईँले गर्नुभएको रक्तदानले अरू कसैको जीवन बचाउने हो ।
हजुर , यो पक्कै हो ।
रगतको बिकल्प हालसम्म पत्ता लागेको छैन । उपचारका क्रममा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको आवश्यकता हुन गएमा तपाईं हामीले दान गरेको रगतले मात्र यो पूर्ति हुन सक्छ । जसले गर्दा उपचार गरिरहेका बिरामीहरुको जीवन बचाउन सकिन्छ ।
रक्त व्यवस्थापनमा सबैको सहभागिता
एक्लैको प्रयासले रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको समस्या समाधन गर्न कठिन हुन सक्छ । तसर्थ हरेक क्षेत्र तह-तप्काका जिम्मेवार ब्यक्तिहरूको साथ , सहयोग , सद्भाव र प्रयासले मात्र सफलता हाँसिल गर्न सहजता मिल्नेछ ।
रक्तदान : मानव जीवनकै उत्कृष्ट काम
यसमा दुईमत छैन होला । हामी आफ्नो जीवन यापनका क्रममा धेरै भन्दा धेरै कार्यहरू समयानुसार वा समयानुकूल सम्पादन गर्दै आईनै रहेका छौं । जो जहाँ जस्तोसुकै अवस्थामा रहेका मानिसको शरीरमा रक्त प्रवाह भईनै रहेको हुन्छ । विज्ञानले पुष्टि गरेनुसार स्वस्थ व्यक्तिले हरेक तीन-तीन महिनाको अन्तरालमा रक्तदान गर्न मिल्छ । यो मानव जीवनको अनुकरणीय , अनुशरणीय र अतुलनिय कार्य हो भन्दा अत्युक्ति नहोला ।
एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी होऔं
प्रत्येक परिवारभित्र कमसेकम एकजना मात्र भएपनि स्वयंसेवी रक्तदाता तयार गर्न सकेमा सिङ्गो परिवारमा रक्तदानको सन्देश , रक्तदानको मर्म , रक्तदानको आवश्यकता , रक्तदानको उपादेयता यस्तैयस्तै सकारात्मक जानकारी परिवारका सदस्यहरूमा सम्प्रेषण गर्न सफल हुनेछ र स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि हुन जानेछ ।
चौतर्फी नकारात्मक सन्देश रगतको अभाव , रक्तदान गर्नसके पर्नेछ सकारात्मक प्रभाव
साच्चै नै हो, हामी आफूले के गरें , के गर्नुपर्ने हो , के हुँदैछ ? कुनैपनि मतलब नराखि कमीकमजोरी र खोट मात्र केलाउने र त्यसलाई एककान दुईकान बनाउन तर्फ मात्र तल्लीन हुन्छौं । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड’ भनेझैं अनर्गल प्रचारप्रसार गर्नतर्फ लाग्छौं ।
कुनै हेक्का नराखी उदाङ्ग पार्नतिर लाग्छौं । यसरी तपाई हामी जिम्मेवार नागरिको भूमिका निर्वाह गर्नतिर नलागी गैरजिम्मेवार बन्न अग्रसरता देखाउँछौ । यसरी चौतर्फी नकारात्मक सन्देशले स्थान पाईरहेको अवस्था हुनपुगेको छ ।
‘सत्कर्म सत्वाणी’ यो वाक्यांशलाई मनन् गर्ने हो भने रक्तदानको क्षेत्रमा कहिल्यै पनि कुनै पनि बखतमा रगत र रगतबाट तयार परिएका रक्ततत्वहरूको अभाव तपाईं हामीले भोग्न र सुन्नु पर्ने अवस्था आउने छैन । यसको लागि बैज्ञानिकहरूद्वारा समयसमयमा गरिएको आविष्कार आत्मसात् गर्नपनि चुक्नु हुन्न र नियमित रक्तदान नै यसको बिकल्प हो ।
स्वयंसेवी रक्तदान नै हो सबको महान् काम
जीवनमा गर्नैपर्ने यहि हो सबको महान् काम
हो अति महान्, जीवनमा गर्नै पर्ने कामहरू मध्ये यो रक्तदान कार्य बिकल्प रहित काम हो । तसर्थ हरेक अवस्थामा रगतको आवश्यकता सबैलाई परि नै रहेकै हुन्छ ।
रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको मुहान भनेकै स्वयंसेवी रक्तदान नै हो । हामी सबले जीवनमा गर्नै पर्ने महान् काम भनेकै रक्तदान नै हो । बिकल्प रहित रगतको मूल स्रोत भनेकै तपाईं हामी स्वस्थ ब्यक्ति हो भनी जानकारी भइसके पछि पनि रक्तदान नगरी बेवास्ता गर्दा कतै पाप कर्म त गरिएन ?
मानव जीवनमा एकपटक आउँछ,रगतको महत्त्व बुझ्न नछोडौं
हो यो साश्वत सत्य हो । अवसर बारम्बार आउँदैन । यो संसारमा उत्कृष्ट प्राणी भनेकै मानव जाती नै हो । जिविको पार्जनको लागि मानव जाती आफ्नो लागि हरेक भौतिक सुख सुविधामा आफूलाई गतिशील बनाउन चाहन्छन् । मानव भएर यस धर्तीमा जन्म लिइ सकेपछि यो जगतलाई के दियौ त भन्ने हेक्का हुन जरुरी छ । यदि यसो नहुने हो भने अरू प्राणी र मानव जातीमा भिन्नता के नै रह्यो त रु यो विज्ञानको युग हो । वैज्ञानिकहरू नविनतम् नवीन कुराहरूको आविष्कार गर्नमै तल्लीन छन् । जसको कारण मानव जीवन व्यतीत गर्नमा सहजता मिलेका छन् । यिनै वैज्ञानिकहरूको शरीरमा चुनौतिपूर्ण् तवरले नियमित निरन्तर प्रवाह भइरहेको रगतको बिकल्प भने हालसम्म पत्ता लगाउन वा तयार पार्न सकिरहेका छैन । ]
तपाईं हामीलाई नभइ नहुने रगतको मूल स्रोत भनेको केवल मानव जाती मात्र हुन् । कुनै टुङ्गो नभएको मानव जीवन कुनबेला के हुने हो रु कतिखेर कुन रोगबाट संक्रमित हुने हो रु कसैको बसको कुरा छैन ।
यसै सिलसिलामा उपचारका क्रममा मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धता कसरी गर्ने त ? यो हरेकले बुझ्न जरुरी छ । त्यसै कारणले रगतको महत्त्वलाई बुझेर रक्तदान गर्न अति आवश्यक छ ।
जन-जनको मन -मनमा रक्तदान
यो हो हाम्रो जनजागरण अभियान
यो भावना प्रत्येक नागरिकको मन मष्तिस्कमा सजिनु आवश्यक छ । सबैको आफ्नो प्रमुख दायित्व वा कर्तव्य हुन जरुरी छ । हरेक व्यक्तिको कर्ममा रक्तदानलाई महत्त्व दिंदै जानु पर्दछ । कुनैपनि अभियान एक्लै सम्भव नहुन सक्छ । फेरि बिषयगत उठान भने एक्लैले नै गर्ने हो । यसको सफलता सबैको साथ सहयोगले मात्र सम्भव हुनेमा कसैको दुईमत छैन होला । जबसम्म रगत र रक्तदानको मर्मलाई आत्मसात् गर्न सक्दैन तबसम्म रक्त व्यवस्थापनको क्षेत्रमा अभाव शब्दले प्रसयस् नपाइ रहला भन्न सकिन्न । यस्तो अवस्था छाइरहनु शोभनिय भने पक्कै होईन ।
शतप्रतिशत सेवाको लागि , रक्तदान कार्यमा निरन्तर सहभागी जनाऔं
कुनैपनि कामले सफलता हाँसिल गर्न त्यस कार्यप्रतिकोे समर्पण र लगनशीलता नै मुख्य हुने गर्दछ । त्यसैगरी अनुशासित र सहनशीलता अर्को महत्वपूर्ण पक्ष रहेको छ । बिषय वस्तुको आवश्यकता र महत्त्वपूर्णतालाई भरपुर प्रयोगमा ल्याउन सक्नु नै सफलताको शिखर चुम्नु हो । हरेक क्षेत्रमा शत प्रतिशत उपलब्धता हाँसिल गर्न तर्फ अग्रसर हुनुपर्दछ । रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको त बिकल्प भनेकै स्वयंसेवी रक्तदाताहरू मात्रै हुन् । आम स्वस्थ व्यक्तिहरूले नियमित रक्तदान गर्नुको बिकल्प छैन ।
शतप्रतिशत सेवाको लागि एकथोपा पनि रगत नालिमा नफालौं
कहिँ कतै उत्पादन नहुने रगतलाई सहि प्रयोगमा ल्याउनु नै बुद्धिमानी ठहर्ने छ । हामीले दानमा दिएको रगतलाई प्रयोगशालाबाट रक्ततत्वहरू बिभक्त गरिन्छ र आवश्यकतानुसार बिरामीलाई उपलब्ध गराइन्छ । जसले गर्दा उपचारमा प्रभावकारी हुन पुग्दछ । स्वयंसेवी रक्तदाताहरूले पीडितको सेवामा राहत पुगोस् भनी आफ्नो शरिरको रगत दानमा प्रदान गरिएको हुन्छ ।
यो रगतको मागनुसार यथोचित व्यवस्थापन गर्ने भनेकै सम्बन्धित निकायको हो । देशमा रक्त सञ्चार सेवाको शुभारम्भ भएको आज छ दशक पुगि सक्दा पनि यो सहि तवरले ब्यबस्थितका साथ सञ्चालनमा ल्याउन सकिरहेका छैन । सहि र सक्षम नेतृत्व जहाँ हुन्न त्यहाँ अव्यवस्थित र भद्रगोलको स्थिति रहन्छ ।
जसको कारण तपाईं हामी अभावको सिकार बन्न पुगि रहेका छौं । उपचारका क्रममा चिकित्सकहरूद्वारा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको माग जसरी गरिन्छ, ती सबै प्रयोगमा आइरहेको अवस्था छैन ।
मागनुसार बितरण सयमा सयनै छ तर प्रयोगमा भने ३० देखि ३५ प्रतिशत मात्रा भइरहेको अवस्था छ । यति धेरै अनावश्यक माग गरिएका रगत र रक्ततत्वहरू कहाँ गए ? हामी स्वयंसेवी रक्तदाताहरूको साझा जिज्ञासा बन्न पुगेको छ र यसको जवाफ सरकाले दिनु पर्दछ ।
स्वयंसेवी रक्तदाताहरूले आस्था र समर्पणभावले आफ्नो शरीरको रगत दानमा प्रदान गरिएको हुन्छ तर यहाँ ती रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू सेवाको नाममा व्यापारिक प्रयोजनको बस्तुको रूपमा प्रयोग भइरहेको आभास मिलेको छ । यसरी निर्लज्जताका साथ भइरहेको बदमासीलाई नियमन र नियन्त्रण कस्ले गर्ने हो ?
प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं
यो आह्वानलाई व्यबहारिकरण गर्दै सार्थकसिद्ध गर्न एउटा अवधारणा-पत्र नै तयार पारें । यसलाई हामीले”Start 18 Stars Team” नामाकरण गरिका छौं । जसको सार : म रक्तदान गर्नेछु । मैले रक्तदान गर्न शुरू गरें । नियमित रक्तदान सामाजिक दायित्व हो ।
उच्च माध्यमिक बिद्यालय पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीहरूलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८औं वर्षको जन्मोत्सव रक्तदान गरि मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो ।
यसरी आफ्नो १८औं वर्षको जन्मदिन रक्तदान गरि मनाउँदै प्रत्येक तीनरतीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त(तत्वको आपूर्तिमा सहज बनाउन योगदान पुर्याउनु यसको मुख्य लक्ष्य रहेको छ ।
माथि उल्लेखित उमेरका युवायुवतीहरूलाई संगठित गर्दै यसको उद्देश्यनुरूप उक्त समूहलाई सहि तवरले परिचालन गर्दै स्थानीयस्तरमा उच्च माध्यमिक बिद्यालय र सो सरह उमेर पुगेकाहरू बीच समन्वय गरि रक्तदान कार्यलाई प्रभाकारी ढंगबाट समाजमा सञ्चालन गर्नु यो अवधारणाको प्रमुख कार्य हुनेछ । यसले नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि हुने क्रम बढ्ने बिश्वास लिएको छ ।
यदि कोही पनि १७ वर्ष पूरा गरि १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरि मनाउन चाहनु हुन्छ भने हामी तपाईंको घरमा आई परिवारजन आफन्त र साथीभाइहरूबीच रक्तदान गराउने व्यवस्था मिलाउने छौं । यसबाट तपाईलाई शुभकामना व्यक्त गर्ने सौभाग्य प्राप्त हुने आशा एवं बिश्वास लिएका छौं ।
यो अवधारणालाई व्यवहारमा उतार्दै लैजाने हो भने यहाँ रगत लिनेको दिनेको घुँइचो हुनेछ । विश्व मै स्वयंसेवी रक्तदाताहरूको संख्यामा अप्रत्याशित तवरले वृद्धि हुन जानेमा विश्वास गर्न सकिन्छ ।
आजको यो पवित्र दिनमा यस क्षेत्रमा भइरहेका कमी कमजोरी र बदमासीलाई कार्वाहीको दायरामा ल्याई सबल एवं सक्षम रक्त व्यवस्थापन गर्नु वर्तमानको माग रहेको छ ।
#कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन् ।
सम्पर्क इमेल : [email protected]