डडेल्धुरा अस्पताल पुग्ने सबैभन्दा बरिष्ठ चिकित्सक बनिन् डा. सुधा देवकोटा, सम्हालिन कार्यभार

काठमाडौँ, ९ साउन । सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट ( प्रमेसु)को पद एघारौँ तहको हो । तर अहिलेसम्म त्यहाँ तह अनुसारको प्रमेसु पदमा जिम्मेवारी सम्हाल्न पुगेका थिएनन् ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको निर्देशक रहेकी डा. सुधा देवकोटालाई गत ३१ असारमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा पठाउने निर्णय गरे ।

‘भर्खरै १२ औँ तहमा प्रतिस्पर्धा गरेकी महिला चिकित्सक सुदूरपश्चिममा जालिन र ?’ भन्दै धेरैले अनुमान गरेका थिए । तर उनी गईन् ।

‘हिजो साँझ आईपुगेँ । हाजिर भएँ । आजबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेँ,’ उनले भनिन् ।

अस्पतालमा  आजआयोजित सम्छिप्त कार्यक्रममा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुनाकर ओझा र यसअघि निमित्त प्रमेसुको रुपमा अस्पताल प्रमुखको जिम्मेवारी डा नरेन्द्रकुमार खनालले डा. देवकोटालाई स्वागत गरेका थिए ।

तीन सय शैय्याको संघीय अस्पतालमा रेडियोलोजिष्ट, नाक कान घाटी (ईएनटी) विशेषज्ञ, ड्रमाटोलोजिष्ट, इन्टरनल मेडिसिनका विशेषज्ञहरुको अभाव छ । यसले दिनसकिने सेवाहरुका लागि पनि अवरोध पैदा गरेको डा. देवकोटाले बताईन् ।

‘प्रसूतिका लागि छुट्टै भवन बनेको रहेछ तर हस्तान्तरण नहुँदा सेवा सुरु गर्न सकिएको रहेनछ । मैले त्यसलाई पनि छिटो हस्तान्तर गरी सञ्चालन प्रक्रियामा ल्याउने छु । स्वास्थ्य बीमाको रकम लामो समय देखि सोधभर्ना भएको रहेनछ । यसले समस्या पारेको भन्ने गुनासो कर्मचारी साथीहरुबाट जानकारी प्राप्त गरें । त्यो सोधभर्ना रकम निकासाका लागि पनि पहल गर्नेछु,’ उनले भनिन् ।

अस्पतालको ओपिडीमा दैनिक अढाई सय देखि साढे तीन सय सम्म बिरामी आउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *