केडीसी – जनरल अस्पतालमा साउन महिना भर परीक्षण निशुल्क
काठमाडौँ, ५ साउन । बसुन्धरास्थित केडीसी – जनरल अस्पतालले साउन महिना भर परीक्षणका लागि आउने आम सर्वसाधारण तथा बिरामीका लागि निशुल्क सेवा उपलव्ध गराएको बताएको छ ।
अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार केडीसी जनलर अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । यस्तै प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने बताइएको छ ।
अस्पतालले प्रयोगशाला परीक्षणहरुमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलव्ध गराउने निर्णय गरेको छ । त्यसमा एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवा रहेको उनले बताए ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै केडीसी जनरल अस्पताल सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने त्यस अस्पतालमा सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]