कपिलवस्तुमा सर्पको डसाइबाट बालिकाको मृत्यु
काठमाडौँ, १ साउन । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पको डसाइबाट १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।
घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]