साउन महिनालाई ‘डेंगी सचेतना महिना’ घोषणा

डेंगी सचेतना राष्ट्रिय अभियान सञ्चालन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, ३२ साउन । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक समारोहकाबीच साउन महिना डेंगी सचेतना महिना राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

घोषणाले डेंगी संक्रमण नियन्त्रण सहयोगी हुने विश्वास गरिएको छ ।

सो अवसरमा बोल्दै मन्त्री पौडेलले डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले साउन महिना डेंगी संक्रमण बढी हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

डेंगी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पूरा गर्न डेंगी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे। उनले यो अवधीमा निर्माणको काम समेत स्थगित गरेर डेंगी नष्ट गर्ने अभियानमा लाग्न आग्रह गरे ।

डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित भएका छन्। यसवर्ष डेंगीबाट १५ जना बढीको मृत्यु भईसकेको छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले साउन महिना देखि सरकारी कार्यालयमा शुक्रबार १० बजे १० मिनेट कार्यक्रम घोषणा गरिएको बताए । साउन महिनाभर अनिवार्य रुपमा शुक्रबार १० बजे देखि सुरु भएर १० मिनेटसम्म सरसफाइमा लाग्र्ने निर्णय भएको बताउँदै यस अभियानलाई आगामी कात्तिक महिनासम्म लैजानु पर्ने बताए । उनले खोज्ने र नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन सरकारले बहुपक्षीय रणनीति अघि बढाउने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले अभियानको लक्ष्य डेंगी संक्रमणमा कमी गर्ने र मृत्यु दर घटाउने भएको भन्दै सन् २०३० सम्म डेंगी पूर्ण रुपमा रोकथाम गर्ने योजना रहेको बताए । उनले डेंगी नियन्त्रणका रणनीति, योजना तथा अहिलेको अवस्थाको बारेमा समेत प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले डेंगी नियन्त्रण गर्ने सरकारको योजनामा डब्लुएचओ सहयोग गर्न तयार रहेको बताए ।

नेपालमा विसं २०६१ सालमा पहिलो पटक एक विदेशी नागरिकमा डेंगी देखा परेको थियो ।

विसं २०६३ सालमा चितवनमा प्रकोप नै फैलिएको थियो । त्यस यता घटबढ हुँदै डेंगी संक्रमण निरन्तर रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *