स्वास्थ्य मन्त्री पौडेल चीन जाँदै
काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल चीन जाने भएका छन् ।
आगामी साउन ८ र ९ गते चीनको वेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जीएचएफ) २०२५’ सम्मेलनमा सहभागी हुन मन्त्री पौडेल त्यसतर्फ जाने भएका हुन् ।
गत असार २३ गते र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २९ वटा निर्णय एकै पटक सार्वजनिक गर्दै मन्त्री पौडेलको चीन भ्रमण स्विकृत गर्ने निर्णय गरेको हो ।
मन्त्री पौडेलले यसअघि इण्डोनेशिया, भारत र जर्मनी लगायतका देश भ्रमण गरिसकेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]