पछिल्लो एक सातामा ६४ जनामा डेंगी संक्रमण पुष्टि

काठमाडौँ, २९ असार । पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ प्रदेशमा ६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा डेंगी संक्रमितको सङ्ख्या १ हजार ९ सय ५ पुगेको छ ।

पछिल्लो साता सबैभन्दा धेरै बागमती प्रदेशमा २७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ भने लुम्बिनीमा ७, कोशीमा ७, गण्डकीमा ३, र मधेश प्रदेशमा २ जनामा डेंगी संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *