चिकित्सकहरुको आन्दोलन : भोलि के हुन्छ ? सरकार र आन्दोलनरत पक्ष बार्ता गर्दै

काठमाडौँ, २४ असार । अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा रोकी आन्दोलनमा उत्रिएको चिकित्सक तथा अस्पताल सञ्चालकसंग सरकारले बार्ता सुरु गरेको छ । बेलुका पौने सात बजे देखि स्वास्थ्य मन्त्रालयमा बार्ता सुरु भएको हो ।

बार्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी छन्। यस्तै स्वास्थ्य सचिव विकास देवकोटा र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

यस्तै आन्दोलनरत पक्षका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्की, महासचिव डा सञ्जीव तिवारी, निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका प्रतिनिधि, मेडिकल तथा डेन्टल कलेज संघ नेपालका प्रतिनिधि समेत सहभागी छन् ।

उपभोक्ता अदालतले तीनवटा मुद्धामा चिकित्सक तथा स्वास्थ्य संस्थालाई दोषी करार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि चिकित्सक तथा अस्पताल सञ्चालकहरु आन्दोलित भएका हुन् ।

लगातार दुई दिन अस्पतालको सेवा नै अवरुद्ध हुने गरी आन्दोलनमा उत्रिदा बिरामीहरु समस्यामा परेका छन् ।

‘आन्दोलनलाई लम्व्याउने पक्ष छैनौँ । आज एउटा सहमति पुग्ने प्रयास हुन्छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *