सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै
काठमाडौँ, २४ असार । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकार र आन्दोलनरत चिकित्सकबिच साँझ वार्ता हुने भएको छ ।
आज दिउसो नेपाल चिकित्सक सङ्घले उठाएको मागको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग प्रारम्भिक संवाद छलफल भएको थियो ।
आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ।
उक्त छलफलपछि दुबै पक्षबिच औपचारिक रुपमा साँझ ६ बजे पुन वाताँ हुन लागेको हो । बेलुकी नै सहमति गर्नेगरी दुवै पक्षले छलफल गर्ने तयारी गरेको जनाइएको छ ।
सङ्घले देशभरका निजी तथा सरकारी अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गराएका छन्।
सम्पर्क इमेल : [email protected]