चिकित्सकले गरेको अप्रेसन वकिलले आएर सही गलत भन्न मिल्दैन, पाईदैन : डा. अनिलबिक्रम कार्की(भिडियो)
काठमाडौँ, २४ असार । नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले न्यायलयको सम्मान गर्न चिकित्सकहरु जानकार रहेको भन्दै अवहेलनाको डमरु नदेखाउन उपभोक्ता हित संरक्षण मञ्चलाई चेतावनी दिएका छन् ।
उपभोक्ता ऐन संसोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई मंगलबार सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा आफूहरु सम्वेदनशील भएकोले आकस्मिक सेवा दिई राखेको भन्दै उनले तर राज्यले नसुनेको नाममा हामीलाई तीन वर्ष जेल कोच्ने जस्ता धम्की नदिन चेतावनी दिए ।
डा कार्कीले अगाडी थपे, जसरी चिकित्सकले संवैधानिक इजलासको विषयलाई ठिक गलत भनेर जज गर्न सक्दैन र मिल्दैन त्यसैगरी वकिलहरुले चिकित्सकले गर्ने उपचार तथा अप्रेसनको सहि गलत छुट्याउन सक्दैन भन्ने हाम्रो बुझाई हो ।
हेर्नुहोस विरोध सभामा उनको मन्तव्य:
सम्पर्क इमेल : [email protected]