प्रेमसागरले गरे १८३ औँ पटक रक्तदान
काठमाडौँ, २२ असार । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८३ औँ पटक रक्तदान गरेका छन् । कञ्चनपुरमा समाजको जिल्ला शाखा गठन गर्न पुगेका कर्माचार्यले शनिबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा रक्तदान गरेका हुन् ।
उनी नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा छन् । हरेक तीन तीन महिनामा रक्तदान गर्ने कर्माचार्यले आफू १६ वर्ष देखि यस कार्यमा लागेको बताउँछन् ।
‘सुरुमा रहरले दिन थालियो पछि यो बानी र आवश्यकता भयो । मैले यो अभियानलाई देश व्यापी बनाउनु पर्छ भन्ने लाग्यो । खेर जाने रगतलाई कसैको ज्यान बचाउनका लागि उपयोग हुन्छ भने यस्तो पुन्य काम किन नगर्ने ? भनेर यसमा होमिएको हुँ,’ सतक रक्तदाता कर्माचार्यले भने ।
जिल्ला शाखा गठन गर्ने र सोही अवसरमा रक्तदान गर्ने भनिएपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कन्चनपुरले शनिबार रक्तदान शिविर राखेको थियो ।
पुजारको अध्यक्षतामा समाजको जिल्ला शाखा गठन
यसैबीच शनिबार महेन्द्रनगरमा बसेको अगुवाहरुको भेलाले गोरक पुजारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कञ्चनपुर घोषणा गरेको छ । भेलाले मदनसिंह क्षेत्रीलाई उपाध्यक्ष, उत्तम बस्नेतलाई सचिव र विश्वम्भर नाथलाई कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै गणेश बोहरा, वीरबहादुर चन्द, शैलेन्द्रराज जोशी, खेमराज ऐरी, कमला थापा पाण्डेय, गीता ओली, तुलसी पनेरु, विन्दु श्रेष्ठ र पिताम्बर जोशी सदस्य रहेका छन् ।
समितिको सल्लाहकारमा डा भोजराज पन्त, माननीय डा हिरा चन्द र प्रकाशबहादुर पाण्डेय रहेका छन् ।
सम्पर्क इमेल : [email protected]