स्वास्थ्य मन्त्री पौडेल डिस्चार्ज
काठमाडौँ, २० असार । एक साता अघि देखि वीर अस्पतालमा उपचार गराई रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
ज्वरो, पखला र बान्ताको समस्या भएपछि मन्त्री पौडेललाई गत शनिबार वीर अस्पताल लगिएको थियो । अस्पतालको भीआईपी क्याविनमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।
विभागीय मन्त्रीको उपचारका लागि वीर अस्पतालले निर्देशक डा दिलीप शर्माको नेतृत्वमा विज्ञ चिकित्सक सम्मिलित टोली गठन गरेको थियो ।
उनीहरुको प्रत्यक्ष निगरानीमा उनको उपचार भएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]