स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ, १२ असार । ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ ।

स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा एक दिने कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै परिषद्का अध्यक्ष प्राडा नारायण विक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणाली सुधारको लागि सहजता हुने बताए । ‘स्वास्थ्य अनुसन्धानको परिणाम आम नागरिक सम्म पु¥याउन मिडियाको महत्वपूर्ण हुने भन्दै स्वास्थ्य पत्रकार मञ्च नेपालले त्यसको सहजीकरणमा सघाउने विश्वास व्यक्त गरे ।

कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन) का कार्यवाहक अध्यक्ष बुद्दि कटेलले स्वास्थ्य अनुसन्धानका विषयलाई पत्रकारिताका माध्यमबाट आम नागरिकलाई कसरी सहज ढंगले पुर्‍याउँन सकिन्छ ? उपाय के हुनसक्छ भनेर तालीमको आयोजना गरिएको बताए ।

त्यसअघि कार्यशालामा परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा प्रस्तुति दिएका थिए । उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए ।

कार्यक्रमको दोस्रो सत्रमा प्राडा गणेश दंगाल, बरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा युविन यादवले प्रस्तुति तथा प्रशिक्षण दिएका थिए ।

कार्यशालामा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति सिद्धान्त र अभ्यास’ विषयमा प्राडा दंगालको प्रस्तुति रहेको थियो ।

खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराए ।

गाउँलले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यस्तै डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रम ४८ बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *