डेङ्गी नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, ९ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्दै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर डेङ्गी नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राख्दै यस विषयमा गम्भीर हुनुपर्ने बताए।
अहिले ७३ जिल्लामा डेङ्गी रोग फैलिएको र एक हजार ४ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेको विषय संसद्मा उठाउँदै सांसदहरूले यसको नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
सम्पर्क इमेल : [email protected]