‘आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउन तीन तहकै सरकारबीच समन्वय जरुरी’

काठमाडौँ, ७ असार । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा. सुधा देवकोटाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउन तीन तहकै सरकारबीच समन्वय जरुरी रहेको बताएकी छन् ।

शुक्रबार महाशाखाले टेकुमा आयोजना गरेको ‘आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनश्चितताको लागि पत्रकार अन्तरक्रिया कार्यक्रम’मा उनले यस्तो बताएकी हुन् ।

सो क्रममा बोल्दै निर्देशक डा. देवकोटाले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा लागू गर्न सके सरकारको आर्थिक भार कम हुने, भन्दै यसको लागि तीन तहकै सरकारबीच समन्वयको आवश्यकता औल्याएकी हुन् ।

डा देवकोटाले स्थानीय सरकारले गरेका कार्यको अनुगमन गर्ने वातावरण नरहेको भन्दै सुधारको आवश्यकता भएको बताईन् । आफू प्रदेशमा हुँदा अनुगमन गर्न जाँदा स्थानीय तह स्वायत्त रहेको भन्दै स्थानीय सरकारले प्रतिक्रिया नै नजनाएको गुनासो गरिन् ।

कार्यक्रममा महाशाखाका विभिन्न कार्यबारे जानकारी दिदै शाखा प्रमुख डा फणिन्द्रप्रसाद बरालले आधारभूत स्वास्थ्य सेवाको कानुनी व्यवस्था तथा वर्तमान अवस्था’ विषयमा प्रस्तुती गरेका थिए। सो क्रममा डा बरालले भने, ‘नागरिकको जीवनरक्षासँग जोडिएको आधारभूत र आकस्मिक सेवा निःशुल्क र गुणस्तरीय बनाउन संविधान देखि ऐन–नियम र संरचना स्पष्ट छन्, तर कार्यान्वयनको कमजोरी सबैभन्दा ठूलो चुनौती हो।’

आधारभूत औषधि सम्वन्धि व्यवस्थापन बारे जानकारी दिदै डा बरालले निशुल्क वितरण गर्नुपर्ने आधारभूत औषधिको सूचिमा ९८ प्रकारका औषधि रहेको बताउदै निशुल्क वितरण गर्नुपर्ने आधारभूत मेडिकल उपकरणको संख्या १८ रहेको जानकारी दिए।

निशुल्क वितरण गर्नपर्ने औषधिको मात्राका आधारमा ९८ मध्ये संघीय सरकारबाट खरिद गरी वितरण गर्नुपर्ने जिम्मेवारी २३, प्रदेशबाट ५६ तथा स्थानीय सरकारबाट ६९ किसिमको औषधि रहेको बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “‘आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउन तीन तहकै सरकारबीच समन्वय जरुरी’

  1. एकिकृत सुपरभिजन, समस्या हरु को पहिचान, समाधान का ऊपाय, सुधार का लागि सर सल्लाह र आवश्यकता अनुसार का समाग्री हरु आपुर्ति ,तालिम लगाएत …… केही मा पनि कतै समन्वय नभएको हाल को स्वास्थ्य प्रणाली बाट गुणस्तरीय स्वास्थ्य सेवा को आशा गर्न सकिने अवस्था छैन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *