राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

काठमाडौँ, ४ असार । राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्दा सेवा प्रभावित भएको जानकारी दिए । उनले प्राविधिकहरुले उक्त मेसिन मर्मत हुन नसक्ने भनेकाले नयाँ मेसिन आवश्यक पर्ने बताए ।

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन तीन करोडमा खरिद भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *