किष्ट बन्यो अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त शिक्षण अस्पताल

काठमाडौँ, २६ जेठ । किष्ट अस्पताल अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य सेवा मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बन्न सफल भएको छ । भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले यो मान्यता दिएको हो ।

यो मान्यता पछि किष्टले अन्तराष्ट्रिय गुणस्तरको सेवा दिने मान्यता प्राप्त नेपालकै पहिलो शिक्षण अस्पताल भएको दावी गरेको छ ।

न्याबले अस्पताल एक्रेडिटेशन कार्यक्रम सन् २००५ मा सुरु गरेको थियो ।

यो कार्यक्रम अन्तर्गत भारत तथा भारतबाहिरका स्वास्थ्य सेवा प्रदायकहरुको गुणस्तर मापण गर्ने गर्दछ । सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उदेश्यले न्याबले यो कार्यक्रम सुरु गरेको थियो ।

न्याबको यो कार्यक्रम भारत र भारत बाहिरका देशमा समेत फैलिएको छ । न्याब इन्टरन्याशनल सोसाइटी फर क्वालिटी एसुरेन्स इन हेल्थ केयरबाट प्रमाणित भएको छ।

न्याबको गुणस्तर मापदण्ड प्राप्त गर्नका लागि अस्पतालले बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा केन्द्रित भएर अस्पतालको सेवा सुधार गर्ने आधारहरु प्रस्तुत गर्नुपर्छ। त्यस्तै, अस्पतालको पुर्वाधार, उपकरण लगायतका मापदण्ड पालना गर्नुपर्छ।

न्याबको गुणस्तर प्राप्त गर्न अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ६०० भन्दा बढी मापदण्डहरूमा परीक्षण गराउनुपर्छ । सेवा सुरक्षा देखि संक्रमण नियन्त्रण, बिरामीको अधिकार, कर्मचारीको तालिम, दस्तावेज व्यवस्थापन, आकस्मिक सेवा तयारी जस्ता धेरै क्षेत्रहरूमा अस्पतालले मापदण्ड पुरा गर्नुपर्छ । यी मापदण्ड पुरा नगर्ने अस्पताललाई न्याबले गुणस्तर मान्यता प्रमाणपत्र दिदैन् ।

किष्ट अस्पतालले दुई वर्षभन्दा बढी समय लगाएर सम्पूर्ण आन्तरिक प्रक्रिया पूरा गरी यो मान्यता प्राप्त गरेको हो ।

बिसं २०६२ सालमा स्थापित ग्वार्को, ललितपुरस्थित किष्ट अस्पताल अत्याधुनिक बहुविशेषज्ञ अस्पताल हो ।

किस्टले सामान्य स्वास्थ्य सेवा देखि विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय मिर्गौैला तथा कलेजो प्रत्यारोपण, मुटु रोग तथा क्यान्सर रोग सम्बन्धि सेवामा किष्ट अस्पतालले फड्को मारेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *